नेप्सेमा लगातार सातौं दिन वृद्धि, ६ महिना यताकै धेरै कारोबार

काठमाडौं । सेयर बजार लगातार सातौं दिन बढेको छ । गत गत मंगलबारदेखि उकालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । पछिल्ला ७ कारोबार दिनमा नेप्से १३७ अंकले बढेको छ ।

सूचकसँगै आज कारोबार रकममा पनि उछाल आएको छ । ५ अर्ब १ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यो ६ महिना यताकै उच्च हो ।

बुधबार नेप्से परिसूचक १६.४२ अंकले बढेर २०३७.०६ विन्दुमा पुगेको छ । यसदिन २७५ कम्पनीको १ करोड २५ लाख ६१ हजार ४४० कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ७ को परिसूचक बढेको छ भने ६ को घटेको छ । अन्य उपसमूहको परिसूचक सबैभन्दा धेरै २.३५ प्रतिशतले बढेको छ ।

आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको २८ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन डिस्ट्रीलरी २४ करोड र नेपाल लाइफ इन्स्योरेन्स १४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

बढ्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । खप्तड लघुवित्त र सिटी होटलका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

आर्थिक विधेयक नसच्याए आन्दोलन गर्ने बैंक तथा वित्तीय संस्थाको चेतावनी  Read Previous

आर्थिक विधेयक नसच्याए आन्दोलन गर्ने बैंक तथा वित्तीय संस्थाको चेतावनी 

खेती गर्न पाइँदैन खेतला, 'अर्मपर्म'को चलन हराउँदा समस्या Read Next

खेती गर्न पाइँदैन खेतला, 'अर्मपर्म'को चलन हराउँदा समस्या