तीन महिनापछि सेयर बजारले पार गर्‍यो २ हजारको विन्दु, कारोबार पनि बढ्यो

काठमाडौं । सरकारले नीतिगत रुपमा प्रस्ट पारेसँगै तीन महिनापछि सेयर बजारले २ हजारको बिन्दु पार गरेको छ । यसलाई बजारमा आउँदै गरेको सुधारको रुपमा पनि धेरैले बुझेका छन् ।

आज मंगलबार सेयर बजार ३४.१७ अंक बढेर २०२० को विन्दुमा पुगेको हो । सबै सूचकमा हरियाली छाउँदा कारोबार रकम पनि ४ अर्ब नाघेको छ । आज कारोबार भएका मध्ये ३ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट ब्रेक लागेको थियो । सकारात्मक सर्किट लाग्नेमा विन नेपाल लघुवित्त वित्तिय संस्था, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र सिटी होटल्स रहेका छन् ।

आज एक करोड ७ लाख ४९ हजार कित्ता सेयर किनबेच हुँदा चार अर्ब १० करोड रुपैयाँको कारोबार भएको छ । सबैभन्दा बढी शिवम् सिमेन्टको २७ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार हो ।

महंगो बन्दै भान्सा : आलु र प्याजपछि खाने तेलको मूल्य बढ्ने Read Previous

महंगो बन्दै भान्सा : आलु र प्याजपछि खाने तेलको मूल्य बढ्ने

विपद् जोखिम घटाउन गृहमन्त्रीको अग्रसरता, यी हुन् धेरै जोखिममा रहेका जिल्ला Read Next

विपद् जोखिम घटाउन गृहमन्त्रीको अग्रसरता, यी हुन् धेरै जोखिममा रहेका जिल्ला