नाडाको दुई दिने कार्यशाला गोष्ठी सम्पन्न

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले दुई दिने कार्यशाला गोष्ठी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा नाडाले अटोमोबाइल क्षेत्र (ईभी)का प्राविधिज्ञहरूको क्षमता अभिवृद्धि तथा विकास गर्ने उद्देश्यले जेठ २४ र २५ गते सो कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यशाला गोष्ठीमा विद्युतीय सवारी साधनहरू आयात गर्ने नाडाका सदस्य कम्पनीका ७ जना प्राविधिज्ञहरू सहभागी भएका थिए । सो गोष्ठीमा उद्योग वाणिज्य महासंघकोतर्फबाट महासंघका पाठयक्रम विकास विशेषज्ञ खेमराज काफलेले प्रशिक्षण दिएका थिए ।

विद्युतीय सवारी साधनहरूको प्रयोग र महत्व दिन प्रतिदिन बढदै गएको परिप्रेक्षमा नाडाले पहिलो पटक त्यस किसिमको कार्यशाला गोष्ठी सम्पन्न गरेको हो ।

यस किसिमको वर्कशप गोष्ठीबाट नाडाले विद्युतिय सवारी साधनहरूको सम्बन्धमा आवश्यक सीप र ज्ञान अभिवृद्धि हुने अपेक्षा राखेको छ । त्यसैगरी नाडाले महासंघसंगको सहयोगमा त्यस किसिमका प्राविधिक तालिम कार्यक्रमहरू सम्पन्न गर्दे जाने लक्ष्य समेत लिएको छ ।

नाडाले अटोमोबाइल वर्कशपमा कार्यरत मेकानिक्सहरूको सीप र क्षमता अभिबृद्धि सम्बन्धी कार्यक्रम संचालनका लागि स्वीस सरकारको अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्था हेल्भटास अन्तर्गत रहेको इनसियोरसंग पनि छिट्टै सम्झौता गर्ने तयारी गरिरहेको छ ।

यस्तै, नाडाले उपाध्यक्ष राजनबाबु श्रेष्ठको सभापतित्वमा ६ सदस्यीय इकाई समेत गठन गरेको छ ।

 

सिटिजन्स बैंकद्वारा रंगेली अस्पताललाई उपकरण सहयोग Read Previous

सिटिजन्स बैंकद्वारा रंगेली अस्पताललाई उपकरण सहयोग

दक्षिण एसियाली देशहरू जोड्ने बुटवल-गोरुसिङ्गे-चनौटा सडक ४ लेनको बनाउन सुरू Read Next

दक्षिण एसियाली देशहरू जोड्ने बुटवल-गोरुसिङ्गे-चनौटा सडक ४ लेनको बनाउन सुरू