काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलल कोशी प्रदेशस्थित रंगेली अस्पताललाई उपकरण सहयोग गरेको छ ।
बैंकको विराटनगर स्थित रंगेली शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त अस्पताललाई २ वटा पोस्ट अपरेशन मोनिटर र एउटा भ्याक्सिन स्टोरेजका लागि फ्रिज प्रदान गरेको हो ।
उक्त कार्यक्रममा रंगेली नगरपालिका का नगर प्रमुख दिलीप कुमार अग्रवाल, उपप्रमुख भुमा पराजुली, रंगेली अस्पाताल विकास समिति का अ अध्यक्ष साथै अन्य अस्पातल प्रशासनका कर्मचारी र बैंकका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो ।
यस्तै, बैंकले डिल्लीबजारस्थित डिल्लीबजार कन्या क्याम्पसलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रोजेक्टर हस्तान्तरण गरको छ । विद्यार्र्थीहरूलाई पठानपाठन मा सजिलो होस भन्ने मनासयले प्रोजेक्टर प्रदान गरको हो ।
निकट भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत यस्ता कार्यक्रमहरू प्रदेशका अन्य शाखाहरू मार्फत संचालन गर्ने योजना रहेको जनाएको छ ।
सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको यस बकैंले आगामी दिनहरूमा अन्य सशक्त ढंगबाट यस्ता कार्यक्रमहरू अगाडि बढाउने योजना रहेको जनाएको छ ।
सिटिजन्स बैंकले हाल देशभरका १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा एटीएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ इकाईबाट करिब १५ लाख ८० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा दिँदै आएको छ ।