काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकले रुपन्देहीको बुटवलमा रहेको लुम्बिनी केबलकारको टिकट खरिदमा १० प्रतिशत क्यासब्याक पाउने भएका छन् ।
बैंकका ग्राहकले बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लसमार्फत केबलकारको टिकट काट्दा १० प्रतिशत क्यासब्याक पाउने भएका हुन् ।
यो योजनाअन्तर्गत ग्लोबल आईएमई बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले बैंकको क्यूआरमार्फत भुक्तानी गर्दा तथा डेबिटरक्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको पीओएस मेशिनबाट टिकट खरिद गर्दा १० प्रतिशत तथा अधिकतम सय रुपैयाँसम्म क्यासब्याक पाउनेछन् ।
यो योजना सीमित अवधिका लागि लागू रहने बैंकले जनाएको छ । ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले बेलाबेलामा यस्ता योजनाहरू सार्वजनिक गर्दै आएको छ ।