काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा शुक्रबार लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत भएको हो ।
नेप्सेमा नेशनलको १५ प्रतिशत अर्थात् ८ लाख ८० हजार १२.४६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।