अन्तर प्रदेश रुट पर्मिट नलिइ गुडिरहेका सवारीसाधनलाई कारबाही गरिँदै

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तर प्रदेश बाटो इजाजतपत्र (रुट पर्मिट) नलिई सवारीसाधन चलाएमा कारबाही गर्ने भएको छ ।

शुक्रबार विभागले एक सूचना जारी गर्दै अन्तर प्रदेशकमा रुट पर्मिट नलिइ संचालन भएका सवारीसाधनलाई कारबाही गर्ने तयारी भइरहेको जानकारी गराएको हो ।

हाल यातायात कार्यालय टेकु, इटहरी, हेटौंडा, बुटवल र अत्तरियालाई मात्र अन्तर प्रदेश रुट पर्मिट दिने व्यवस्था छ । सो अनुसार अनिवार्य रुपमा ती कार्यालयहरूबाट इजाजत पत्र लिएर मात्र सवारीसाधन सञ्चालन गर्न विभागले आग्रह गरेको छ।

सवारी तथा यातायात व्यवस्था ऐन २०५९, सो सम्बन्धी नियमावली अनुसार अन्तर प्रदेश यातायात व्यवस्थापन सम्बन्धी जिम्मेवारी विभाग तथा मातहतका कार्यालयहरूलाई दिइएको छ।

दुई वा सोभन्दा बढी प्रदेश भइ सञ्चालन हुने वा नेपालभरी सञ्चालन हुने सवारी साधनहरू ( यात्रुवाहक/मालवाहक) को बाटो इजाजत पत्र, स्तर कायम, जाँचपास र प्रदूषण परीक्षण गर्ने अधिकार विभाग मातहतका सवारी परीक्षण कार्यालयहरूलाई मात्र छ ।

विभागले गर्ने अनुगमनको क्रममा अन्तर प्रदेश रुट पर्मिट नलिई सञ्चालन गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने विभागले जनाएको छ ।

'चर्चित' मुर्रा राँगा नेपाल आइपुग्न २ महिना लाग्ने, एउटै भैँसीको मूल्य २२ लाख Read Previous

'चर्चित' मुर्रा राँगा नेपाल आइपुग्न २ महिना लाग्ने, एउटै भैँसीको मूल्य २२ लाख

डलर संचिति २१ महिना यताकै धेरै, कति महिनाको आयात धान्छ ? Read Next

डलर संचिति २१ महिना यताकै धेरै, कति महिनाको आयात धान्छ ?