असार १ देखि प्रिमियममा आइपीओ बिक्री गर्दै आइएमई लाइफ, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले असार १ गतेदेखि प्रिमियम मूल्यमा प्राथमिक साधरण सेयर (आइपीओ) विक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गने भएको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रतिकित्ता २३६.९१ रुपैयाँ (अंकित मूल्य १०० मा १३६.९१ रुपैयाँ प्रिमियम थपेर) दरले १२ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो ।

त्यसैगरी, कम्पनीले कर्मचारीका लागि ६ लाख कित्ता र सामूहकि लगानी कोषहरुलाई ६ लाख कित्ता सेयर छुट्याएको छ ।

लगानीकर्ताले उक्त आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा असार १ गतेदेखि १५ गतेसम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरु र मेरोसेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

सर्वसाधरणले भने असार २० गतेदेखि आवेदन दिन पाउने

त्यस्तै, कम्पनीले सर्वसाधरणका लागि असार २० गतेदेखि आइपीओ निष्काशष्न गर्ने भएको छ । कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता २३६.९१ रुपैयाँ दरले ९६ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो ।

सर्वसाधारण लगानीकर्ताले असार २४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशनको लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘ ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँदछ ।

नेपाल रिपब्लिक मिडियाको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ? Read Previous

नेपाल रिपब्लिक मिडियाको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?

१०६१ मेगावाटको माथिल्लो अरूणमा लगानी जुटाउन विदेशी दातृ निकायसँग छलफल Read Next

१०६१ मेगावाटको माथिल्लो अरूणमा लगानी जुटाउन विदेशी दातृ निकायसँग छलफल