नेपाल रिपब्लिक मिडियाको आइपीओ खुल्यो, कति कित्ता भर्न पाइन्छ ?

काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले आज (कार्यालय समय)देखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ३६ करोड १९ लाख ८९ हजार १०० रुपैयाँ बराबरको ३६ लाख १९ हजार ८९१ कित्ता सेयर कित्ता बिक्रीमा ल्याएकाे हो ।

उक्त आइपीओमा लगानीकर्ताले जेठ ३० गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर नबिकेमा ढिलोमा असार ८ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५०० कित्ताका लागि आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाह, तिनका शाखा कार्यालय र मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ। आइपीओ निष्काशनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आइआरएन सिंगल बी प्लस इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने, ऊर्जाको मूल्य घट्दा राहत Read Previous

सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.७ प्रतिशत रहने, ऊर्जाको मूल्य घट्दा राहत

असार १ देखि प्रिमियममा आइपीओ बिक्री गर्दै आइएमई लाइफ, प्रतिकित्ता मूल्य कति ? Read Next

असार १ देखि प्रिमियममा आइपीओ बिक्री गर्दै आइएमई लाइफ, प्रतिकित्ता मूल्य कति ?