भदौ मसान्तसम्म कुनै बाहनामा सडक खन्न नपाइने

काठमाडौं । असार १ गतेदेखि भदौ मसान्तसम्म कुनै पनि बाहानामा सडक खन्न नपाइने भएको छ ।

सडक विभाग अन्तर्गतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले बिहीबार सूचना जारी गर्दै असार १ गतेदेखि ३ महिनासम्म धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका लागि सडक खन्न रोक लगाएको हो ।

वर्षायाममा सडक खन्दा तत्कालै मर्मत गरी यथास्थितिमा सञ्चालनमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिँदै जाने भन्दै कार्यालयले मातहतका सडक डिभिजनहरूलाई कुनै पनि सडक खन्ने स्वीकृति नदिइने बताएको छ ।

कसैले जबर्जस्ती सडक खनेमा सार्वजनिक सडक ऐन २०३१ अनुसार अनुसार कारबाही गरिने कार्यालयले जनाएको छ।

सरकारले कृषि बीमाको ७३ करोड भुक्तानी गर्दै Read Previous

सरकारले कृषि बीमाको ७३ करोड भुक्तानी गर्दै

घोराही सिमेन्टको सेयर कर्मचारी र म्युचुअल फण्डले नै किनेनन्, आखिर किन बिकेन ? Read Next

घोराही सिमेन्टको सेयर कर्मचारी र म्युचुअल फण्डले नै किनेनन्, आखिर किन बिकेन ?