काठमाडौं । सरकारले कृषि बीमा बापतको ७३ करोड रुपैयाँ अनुदान भुक्तानी गर्ने भएको छ ।
सरकारले कृषि बीमा बापत २ अर्ब ९४ करोड ५८ रुपैयाँ भुक्तानी दिन बाँकी रहेकोमा अहिले ७३ करोड भुक्तानी दिन लागेकाे हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार २०७८ कात्तिक महिनादेखि चैत महिनासम्मको बाँकी रकम भुक्तानी गर्न लागिएको हो ।
मन्त्रालयका बीमा शाखाका अधिकृत आशिश श्रेष्ठका अनुसार बीमाको पहिलो किस्ताबापत कृषितर्फ ५ करोड र पशुपन्छीतर्फ ६९ करोड रुपैयाँ भुक्तानी गरिने भएको हो । उनले ११ वटा निर्जीवन बीमा कम्पनीलाई उक्त रकम उपलब्ध गराइने बताए ।
उनका अनुसार बीमा कम्पनीहरुले उक्त रकम भुक्तानी नगराएको भन्दै कृषि बीमाका कुनै दाबी लिएका थिएनन् ।निर्जीवन बीमा कम्पनीहरुले गत जेठ ७ गतेबाट कृषि बीमा स्थगित गर्दै आएका छन् भने पोलिसी जारी बन्द गरेका छन् ।