आशा लघुवित्तले पायो राष्ट्र उत्थानलाई गाभ्न राष्ट्र बैंकको सैद्धान्तिक सहमति

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले राष्ट्र उत्थान लघुवित्तलाई प्राप्ति गर्न सैद्धान्तिक सहमति (एलओआइ) पाएको छ।

नुवाकोटमा केन्द्रीय कार्यालय रहेको आशा लघुवित्तले बनेपाको राष्ट्र उत्थानलाई गाभ्न जेठ २३ गते नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको हो ।

दुई लघुवित्तले गत चैत २९ गते मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता गरेका थिए ।

हाल आशा लघुवित्तको चुक्ता पूँजी ३८ करोड १६ लाख छ भने राष्ट्र उत्थान लघुवित्तको २६ करोड चुक्ता पूँजी छ । हाल दुवै लघुवित्तको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) भइरहेकाले स्वा रेसियो भने निर्धारण भइसकेको छैन ।

हकप्रद प्रयोजनका लागि नेशनल हाइड्रोपावरले तोक्यो बुकक्लोज Read Previous

हकप्रद प्रयोजनका लागि नेशनल हाइड्रोपावरले तोक्यो बुकक्लोज

विद्युत् व्यापार सम्बन्धी विधेयक संसद्मा पेस गर्ने निर्णय Read Next

विद्युत् व्यापार सम्बन्धी विधेयक संसद्मा पेस गर्ने निर्णय