हकप्रद प्रयोजनका लागि नेशनल हाइड्रोपावरले तोक्यो बुकक्लोज

काठमाडौं । नेशनल हाइड्रोपावरले ५० प्रतिशत हकप्रद सेयर निष्काशनका लागि बुकक्लोज तोकेको छ ।

कम्पनीले हकप्रद प्रयोजनका लागि असार १ गते बुकक्लोज तोकेको हो । सो अनुसार जेठ ३२ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन पाउने छन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ८२ करोड २१ लाख ४५ हजार ९७ हजार १०० रुपैयाँ बराबरको ८२ लाख २१ हजार ९७१.७८ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

हाल १ अर्ब ६४ करोड चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्काशनपछि २ अर्ब ४६ करोड पुग्नेछ ।

मनाङ रैथाने बालीमा आत्मनिर्भर, बन्दै छ देशकै नमूना  Read Previous

मनाङ रैथाने बालीमा आत्मनिर्भर, बन्दै छ देशकै नमूना 

आशा लघुवित्तले पायो राष्ट्र उत्थानलाई गाभ्न राष्ट्र बैंकको सैद्धान्तिक सहमति Read Next

आशा लघुवित्तले पायो राष्ट्र उत्थानलाई गाभ्न राष्ट्र बैंकको सैद्धान्तिक सहमति