एकैपटक दुई कम्पनीले पाए आइपीओ बिक्री गर्न अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप दुई कम्पनीलाई प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति दिएको छ ।

बोर्डले जेठ २३ गते आइएमई लाइफ इन्स्योरेन्स र अपर लोहोरे हाइड्रोपावर लिमिटेडलाई आइपीओ बिक्री गर्न अनुमति दिएको हो ।

आइएमई लाइफले प्रिमियम मूल्य (अंकित मूल्यमा थप मूल्य जोडी) आइपीओ निष्काशन गर्न अनुमति पाएको हो । आइएमईले प्रतिकित्ता २३६.९१ रुपैयाँ दरले २ अर्ब ७६ करोड ७ लाख ७४ हजार रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता आइपीओ जारी गर्न अनुमति पाएको हो ।

आइएमईको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ ।

यसैगरी, अपर लोहोरे हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँ दरले २४ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ९८ हजार ४० कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो ।

कम्पनीले सर्वसाधरण र आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आइपीओ बिक्री गर्नेछ । यसको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल रहेको छ ।

जेठ ३२ देखि प्रिमियममा आइपीओ बिक्री गर्दै घोराही सिमेन्ट, प्रतिकित्ता मूल्य कति ? Read Previous

जेठ ३२ देखि प्रिमियममा आइपीओ बिक्री गर्दै घोराही सिमेन्ट, प्रतिकित्ता मूल्य कति ?

अरू सबै घट्दा होटल समूह ६ महिनामै १५०० अंकले बढ्यो, किन आइरहेछ उछाल ? Read Next

अरू सबै घट्दा होटल समूह ६ महिनामै १५०० अंकले बढ्यो, किन आइरहेछ उछाल ?