जेठ ३२ देखि प्रिमियममा आइपीओ बिक्री गर्दै घोराही सिमेन्ट, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले जेठ ३२ गतेदेखि प्रिमियम मूल्यमा प्राथमिक साधरण सेयर (आइपीओ) विक्री गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधरणका लागि आइपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता ४३५ रुपैयाँ (अंकित मूल्य १०० मा ३३५ रुपैयाँ प्रिमियम थपेर) दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर बिक्री गर्ने भएको हो ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा असार ४ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा जेठ असार १४ गतेसम्म आवेदन दिन पाउने छन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरु र मेरोसेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । आइपीओ निष्काशनको लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी ट्रिपल बी माइनस इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

यस्तो छ मधेश प्रदेशको आगामी आवको नीति तथा कार्यक्रम (पूर्णपाठ) Read Previous

यस्तो छ मधेश प्रदेशको आगामी आवको नीति तथा कार्यक्रम (पूर्णपाठ)

एकैपटक दुई कम्पनीले पाए आइपीओ बिक्री गर्न अनुमति Read Next

एकैपटक दुई कम्पनीले पाए आइपीओ बिक्री गर्न अनुमति