यस्तो छ मधेश प्रदेशको आगामी आवको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मंगलबार प्रदेश सभा बैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रमले मानवीय क्षमता विकास, पूर्वाधार निर्माण, उद्यमशीलता र रोजगारी अभिवृद्धि, गरिबी न्यूनीकरण, दिगो विकास तथा पर्यावरण संरक्षण, सुशासनको प्रत्याभूति लगायतलाई प्राथमिकतामा राखेको छ ।

अगामी आर्थिक वर्षमा सार्वजनिक क्षेत्रको अनुत्पादक खर्चलाई निरुत्साहित गर्दै उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने नीति लिइनेछ । यसका लागि अनुत्पादक क्षेत्रमा बजेट विनियोजन नगरिने मिश्रले बताए ।

यस्तै, प्रदेश सरकारले ‘चुरे जोगाउ, मधेश बचाउ’, ‘बेटी बचाउ, बेटी पढाउ’, ‘मुख्यमन्त्री स्वच्छता अभियान’लगायतका विगतका अभियानलाई निरन्तरता दिइएको छ ।

यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठ

 

नेप्सेमा कालिका पावरको बोनस सेयर सूचीकृत Read Previous

नेप्सेमा कालिका पावरको बोनस सेयर सूचीकृत

जेठ ३२ देखि प्रिमियममा आइपीओ बिक्री गर्दै घोराही सिमेन्ट, प्रतिकित्ता मूल्य कति ? Read Next

जेठ ३२ देखि प्रिमियममा आइपीओ बिक्री गर्दै घोराही सिमेन्ट, प्रतिकित्ता मूल्य कति ?