काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा कालिका पावर कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा मंगलबार कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत गरेको हो ।
नेप्सेमा कम्पनीको १५ प्रतिशत अर्थात् १० लाख ३५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।