धनगढी उडेको श्री एयरलाइन्सको जहाज बीचबाटै काठमाडौं फर्किएपछि…

काठमाडौं । काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटोबाटै जहाज काठमाडौँ फर्किएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार काठमाडौ-धनगढी उडानको क्यू ४०० ड्यास ८ जहाज विमानस्थलबाट उडेर ५० माइल पुगेपछि जहाजको ‘प्रेसराइजेसन सिस्टम’ बिग्रिएको सङ्केत विमानचालक (पाइलट) ले पाएपछि जहाज काठमाडौँ फर्काएर सकुशल अवतरण गरिएको थियो । जहाजमा ७२ जना यात्रु सवार थिए ।

प्रवक्ता सिटौलाले भने, ‘विहान धनगढी उडेको जहाज, प्रेसराइजेनस (जहाज हाई अल्टिच्युटमा जाँदा अक्सिजन तह सन्तुलन गर्ने प्रणाली’ मा समस्या देखिएपछि जहाज ५० माइल उडेपछि पुनः काठमाडौ फर्काइएको थियो, उक्त जहाजका यात्रुलाई विहान १०:३० बजे अर्काे जहाजको उडानबाट गन्तव्य लगिएको छ ।’

काठमाडौं विमानस्थलबाट विहान ८:३० बजे धनगढीका लागि उडान भरेको जहाजमा प्रेसराइजेसन सिस्टमले काम नगरेपछि बीचबाटोबाटै फर्काइएको विमानस्थले जनाएको छ । उक्त जहाजका यात्रुलाई वैकल्पिक व्यवस्था गरेर गन्तव्य पुर्‍याइएको पनि थियो ।

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले जहाजमा केही प्राविधिक मर्मतपछि सञ्चालनमा आइसकेको बताए ।रासस

ग्लोबल आइएमई बैंकले २० वटा एटीएम बेच्ने, कुन-कुन ठाउँको ? Read Previous

ग्लोबल आइएमई बैंकले २० वटा एटीएम बेच्ने, कुन-कुन ठाउँको ?

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी Read Next

नेप्सेमा दोहोरो अंकको कमब्याक, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी