काठमाडौं । रिडी पावर कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त प्रस्ताव पारित गर्न असार ८ गते विशेष साधरण सभा बोलाएको हो ।
उक्त सभामा कम्पनीले हाल कायम चुक्ता पूँजीको १:०.५ सेयर अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ बराबरको ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद निष्काशन गर्ने भएको हो ।
हाल १ अर्ब ५४ करोड ८९ लाख १ हजार २०० रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि २ अर्ब ३२ करोड ३३ लाख ५१ हजार ८०० रुपैयाँ पुग्नेछ।
कम्पनीले हकप्रद जारी गर्न विद्यत् नियमन आयोगबाट स्वीकृति पाइसकेको छ भने अब साधरण सभाले पारित गरी नेपाल धितोपत्र बोर्डबट अनुमति लिनुपर्नेछ ।
कम्पनीले विशेष साधरण सभा प्रयोजनका लागि जेठ २३ गते बुकक्लोज तोकेको छ । सो अनुसार जेठ २२ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् ।