काठमाडौं । आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको छ ।
विद्युत् नियमन आयोगले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको १५० प्रतिशत अर्थात् १:१.५ अनुपातमा हकप्रद निष्काशन गर्न स्वीकृति दिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँँ दरले १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्ने छ ।
कम्पनीले नयाँ आयोजना र बैंकको ऋण तिर्न हकप्रद जारी गर्न लागेको हो । प्रस्तावित हकप्रद सेयर नेपाल धितोपत्रको बोर्डको स्वीकृति र सम्बन्धित कम्पनीको साधरण सभाले पारित गरेपछि निष्काशन हुनेछ ।
हाल ८० करोड चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि २ अर्ब रुपैयाँ पुग्नेछ ।