ब्रोकरमा लगानीकर्ताको तालाबन्दीपछि सेयर कारोबार प्रभावित

काठमाडौं । सेयर लगानीकर्ताले ब्रोकर कार्यालयहरूमा तालाबन्दी गरेपछि आज सेयर कारोबार प्रभावित भएको छ ।

४ दिनदेखि आन्दोलनरत लगानीकर्ताले आगामी आर्थिक वर्षको आर्थिक विद्येयक संसोधन नभएसम्म सेयर कारोबार नगर्न चेतावनी दिँदै सबै ब्रोकर कार्यालयहरूमा तालाबन्दी गरेपछि सेयर कारोबार रोकिएको हो ।

नियमित समय ११ बजेदेखि सेयर कारोबार हुनुपर्ने भए पनि लगानीकर्ताले ब्रोकरमा तालाबन्दी गरेपछि अनलाइन प्रणाली टीएमएसबाट समेत कारोबार गर्न नमिल्ने बनाइएको छ ।

सरकारले आर्थिक विधेयकमार्फत सेयर कारोबार गरी ५० लाख बढी कमाउनेले पूँजीगत लाभकरसहित आयकर पनि बुझाउनुपर्ने व्यवस्था गरेपछि लगानीकर्ता आन्दोलित भएका छन् । हाल सेयरकारोबारीले पूँजीगत लाभकर ५ र ७.५ प्रतिशत मात्रै कर तिर्दै आएका थिए ।

सरकारले त्यसका साथै आयकर पनि तिर्नुपर्ने व्यवस्था गरेपछि लगानीकर्ता आक्रोसित हुँदै आन्दोलनमा उत्रेका हुन् । हाल तिर्दै आएको पूँजीगत लाभकर अन्तिम कर हो/होइन भन्नेमा स्पष्ट नपारेसम्म लगानीकर्ताले आन्दोलन नरोक्ने बताएका छन् ।

आन्दोलनकै दौरान सेयर लगानीकर्ता आज बिहान अर्थमन्त्रीको घर घेर्न समेत पुगेका थिए । अहिले लगानीकर्ता र सरकार बीच अर्थमन्त्रालयमा वार्ता भइरहेको छ ।

आँखुखोला जलविद्युतलाई हकप्रद सेयर जारी गर्न स्वीकृति Read Previous

आँखुखोला जलविद्युतलाई हकप्रद सेयर जारी गर्न स्वीकृति

यी १० शीर्षकमा तिरिएको पैसा आयकरमा घटाउन पाइने Read Next

यी १० शीर्षकमा तिरिएको पैसा आयकरमा घटाउन पाइने