काठमाडौं । सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । यससाता बुधबारदेखि सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाएको हो ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ पुग्दै हालसम्मकै महँगोकाे नयाँ रेकर्ड बनाएको थियो भने बिहीबार त्यसलाई तोड्दै १ लाख १२ हजार ५०० रुपैयाँको नयाँ रेकर्ड बनेको थियो ।
आज फेरि सुनको भाउ प्रतितोला ८०० रुपैयाँ बढ्दै प्रतितोला १ लाख १३ हजार ३०० रुपैयाँ पुग्दै नेपाली बजारमा अहिलेसम्मकै महँगोको रेकर्ड बनाएको हो ।
अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिका कारण नेपाली बजारमा पनि सुनको मूल्य लगातार उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर १ हजार ४३५ रुपैयाँमा कारोबार भइरहेको छ।