नयाँ बसपार्क बाहिरबाट बस चलाए कारबाही, कलंकीदेखि जडीबुटीसम्म रोक्न नपाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यका बाहिर चल्ने सवारीसाधन गोंगबुस्थित नयाँ बसपार्कबाट मात्रै संचालन गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाले एक सूचना जारी गर्दै असार १ गतेदेखि उपत्यकाबाहिर चल्ने छोटो, मध्यम र लामो दूरीका सवारीसाधन बसपार्कबाट मात्र सञ्चालन गर्न महानगरले आग्रह गरेको छ ।

जथाभावी पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत राख्ने, सडक खण्डमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने गतिविधिले यातायात व्यवस्थापन प्रणालीमा अवरोध पुगेको भन्दै महानगरले गोंगबु बसपार्कबाट मात्र सञ्चालन गर्न भनेको हो ।

अनधिकृत स्थानमा पार्किङ गर्ने, टिकट बुकिङ गर्ने काउन्टर यथावत् राख्ने, सडक खण्डमा जथाभावी यात्रु चढाउने तथा ओराल्ने कार्यले यातायात व्यवस्थापन प्रणालीमा सुधार आउन नसकेको पनि महानगरले स्पष्ट पारेको छ ।

काठमाडौँ महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दूरीमा सञ्चालन हुने यात्रुवाहक सवारी साधन नयाँ बसपार्क गोंगबुबाट मात्र छुट्नुपर्ने व्यवस्था कार्यान्वयनका विषयमा सरोकारवाला सबैसँगको बैठकबाट निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि पुनः अनुरोध छ,’ महानगरले जारी गरेको सूचनामा भनिएको छ ।

असार १ गतेदेखि नयाँ बसपार्कभन्दा बाहिर रहेका सबै टिकट काउन्टर हटाउन, नयाँ बसपार्कबाट मात्र यात्रुबाहक सवारी साधन सञ्चालन गर्न सूचना जारी गर्दै महानगरले धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजतपत्र लिएका लामो दूरीका सवारी साधनको हकमा कलंकीदेखि जडीबुटीसम्म सवारी रोक्न निषेध गरिएको जनाएको छ ।

‘उल्लेखित निर्णय कार्यान्वयन गर्न यो सार्वजनिक सूचना जारी गरिएको छ । सूचनाको बर्खिलाप गर्ने जो कोहीलाई असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीबाट नियमानुसार कानुनी कारबाही हुने व्यहोरा जानकारीका लागि अनुरोध छ,’ महानगरले भनेको छ।

 

नेपालमा लुब्रिकेन्ट प्लान्ट स्थापना हुने,  गोल्छा ग्रुप र इन्डियन आयलले संयुक्त लगानी गर्ने Read Previous

नेपालमा लुब्रिकेन्ट प्लान्ट स्थापना हुने, गोल्छा ग्रुप र इन्डियन आयलले संयुक्त लगानी गर्ने

सुनको भाउले बनायो दिनदिनै नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ? Read Next

सुनको भाउले बनायो दिनदिनै नयाँ रेकर्ड, प्रतितोला कति पुग्यो ?