कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ खुल्यो

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आज (कार्यालय समय)देखि प्राथमिक साधरण सेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र दोलखाका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्रीमा ल्याएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको १ लाख २१ हजार ८६८ कित्ता सेयर निष्काशन गरेको हो । । सो सेयरमा दोलखाको कालिञ्चोक गाउँपालिका वडा नं. ९ (साविकको सुष्पा क्षमावती गाविसका सम्पूर्ण वडा) र भिमेश्वर नगरपालिका वडा नं. १ (साविकको सुन्द्रावती गाविसका सम्पूर्ण वडा) का बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

यससैगरी, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारमा रहेका नेपालीका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १२ लाख १८ हजार ६०० रुपैयाँ बराबरको १२ हजार १८६ कित्ता साधारण सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। सो आइपीओमा लगानीकर्ताले असार १ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा स्थानीयले मात्र असार १७ गतेसम्म आवेदन दिन पाउने छन् ।

स्थानीय बासिन्दाले लक्ष्मी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरोसेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ।आइपीओ निष्काशनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ त्रिपल बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

कम्पनीले प्रबर्धन गरिरहेको ९९८ किलोवाटको सुष्पा बुखरी खोला साना जलविद्युत आयोजनाको कुल अनुमानित लागत २४ करोड ७५ लाख ५७ हजार ३३१ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २४ करोड ८० लाख ५३ हजार ४३७ रुपैयाँ रहेको छ।

पहिलोपटक नेपाल-भारत 'ज्वाइन्ट बिजनेश फोरम’को बैठक Read Previous

पहिलोपटक नेपाल-भारत 'ज्वाइन्ट बिजनेश फोरम’को बैठक

अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन Read Next

अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन