पहिलोपटक नेपाल-भारत ‘ज्वाइन्ट बिजनेश फोरम’को बैठक

काठमाडौं । नेपाल र भारका उद्योगी, व्यवसायी बीच ‘ज्वाइन्ट बिजनेश फोरम’ को बैठक बसेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला दुवै देशका व्यवसायी बीच नयाँदिल्लीमा संयुक्त बैठक बसेको हो ।

नेपाली प्रधानमन्त्रीको भारत भ्रमणको बेला दुई देशका व्यवसायी बीच बैठक बसेको यो पहिलो पटक हो ।

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले नेतृत्व गरेको नेपाली टोलीमा महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छा,पूर्व अध्यक्ष सुरज वैद्य, नेपाल चेम्बर अफ कर्मशका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ, उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा लगायतको उपस्थिति थियो।

बैठकमा दुवै देशका व्यवसायी बीच व्यापार प्रबद्र्धन, लगानीको सम्भावित क्षेत्र लगायत विभिन्न ७ बुँदामा छलफल भएको थियो ।

बैठकले निर्माण तथा कृषि औजार, सहरी विकास, मेडिकल तथा स्वास्थ्य प्रविधि, पर्यटन पूर्वाधार, नवीकरणीय ऊर्जा, कार्बन उत्सर्जन लगायत क्षेत्रहरुलाई अवसरका क्षेत्रका रुपमा पहिचान गरेको छ

 

१ दशकमा पनि बनेन बालाजु-त्रिशूली सडक, अझै अघि बढेन नयाँ ठेक्का प्रक्रिया Read Previous

१ दशकमा पनि बनेन बालाजु-त्रिशूली सडक, अझै अघि बढेन नयाँ ठेक्का प्रक्रिया

कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ खुल्यो Read Next

कुथेली बुखरी स्मल हाइड्रोपावरको आइपीओ खुल्यो