आँखुखोला जलविद्युतको हकप्रद संशोधन

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको प्रस्तावित हकप्रद सेयर संशोधन भएको छ ।

विद्युत् नियमन आयोगको निर्देशन अनुसार कम्पनीको सञ्चालक समितिको जेठ १७ गते बसेको बैठकले यसअघि प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रदलाई संशोधन गर्दै अब १५० प्रतिशत निष्काशन गर्ने निर्णय गरेको हो ।

संशोधनपछि अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँँ दरले १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्ने छ ।

कम्पनीले नयाँ आयोजना र बैंकको ऋण तिर्न हकप्रद जारी गर्न लागेको हो । प्रस्तावित हकप्रद सेयर नेपाल धितोपत्रको बोर्डको स्वीकृति र सम्बन्धित कम्पनीको साधरण सभाले पारित गरेपछि निष्काशन हुनेछ ।

हाल ८० करोड चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि २ अर्ब रुपैयाँ पुग्नेछ ।

साइट क्लियरेन्स नहुँदा नागढुंगा-मुग्लिन सडक विस्तार सुस्त Read Previous

साइट क्लियरेन्स नहुँदा नागढुंगा-मुग्लिन सडक विस्तार सुस्त

७ करोड खर्चेर बलेवा विमानस्थल चिटिक्क, जहाज उड्ने टुंगो छैन Read Next

७ करोड खर्चेर बलेवा विमानस्थल चिटिक्क, जहाज उड्ने टुंगो छैन