काठमाडौं । सिंगटी हाइड्रोपावरले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीको सञ्चालक समितिको जेठ १७ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँँ दरले १ अर्ब ४५ करोड रुपैयाँ बराबरको १ करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीले अन्य आयोजनामा लगानी गर्न र बैंकको ऋण तिर्न हकप्रद जारी गर्न लागेको हो ।
प्रस्तावित हकप्रद सेयर विद्युत नियमन आयोग र नेपाल धितोपत्रको बोर्डको स्वीकृति र सम्बन्धित कम्पनीको साधरण सभाले पारित गरेपछि निष्काशन हुनेछ ।
हाल १ अर्ब ४५ करोड चुक्ता पूँजी रहेको कम्पनीको हकप्रदपछि २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ ।