सिटिजन्स बैंकको ११ लाख कित्ता सेयर लिलामीमा, प्रतिकित्ता भाउ कति ?

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको ११ लाख कित्ता संस्थापक समूहको (प्रमोटर) सेयर लिलामीमा आएको छ ।

आजदेखि बैंकका विद्यमान सेयरधनीको नाममा रहेको ११ लाख कित्ता सेयर लिलामीमा आएको हो ।

बैंकको सेयर विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीले आवेदन नदिए दोस्रो चरणमा सर्वसाधरणले आवेदन दिन पाउने छन् ।

उक्त सेयर किन्न इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य प्रतिकित्ता १३५ रुपैयाँ नघटाई आफूले लिन चाहेको सेयर संख्य मूल्य तोकी गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।

उक्त लिलामी सेयरमा आजको ३५ दिन भित्र आवेदन दिइसक्नुपर्नेछ । लगानीकर्ताले बोलपत्र फारम बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथ, काठमाडौंमा बुझाउनुपर्ने छ ।

सिंगटी हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने Read Previous

सिंगटी हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने

'पोलिसी ट्रयाप'को मारमा अर्थतन्त्र, बजेटमा उत्पादनभन्दा वितरणमा प्रतिस्पर्धा Read Next

'पोलिसी ट्रयाप'को मारमा अर्थतन्त्र, बजेटमा उत्पादनभन्दा वितरणमा प्रतिस्पर्धा