नेप्सेमा मिथिला लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा मिथिला लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा मंगलबार लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत भएको हो ।

नेप्सेमा मिथिलाको १५ प्रतिशत अर्थात् २ लाख ५५ हजार ६५५.७७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।

चालु वर्षमा बने २६५ पुल, १५ वटा अन्तिम चरणमा Read Previous

चालु वर्षमा बने २६५ पुल, १५ वटा अन्तिम चरणमा

केन्द्र सरकारबाट कुन प्रदेश र स्थानीय तहले कति पाए बजेट ? (सूचीसहित) Read Next

केन्द्र सरकारबाट कुन प्रदेश र स्थानीय तहले कति पाए बजेट ? (सूचीसहित)