चालु वर्षमा बने २६५ पुल, १५ वटा अन्तिम चरणमा

काठमाडौं । विगतका वर्षहरुमा विभिन्न कारणले लक्ष्यभन्दा कम सङ्ख्यामा पुल निर्माण भए पनि चालु आर्थिक वर्षमा लक्ष्यअनुसार नै पुल निर्माण सम्पन्न हुने देखिएको छ ।

चालु आवमा कुल २८० पुल निर्माणको लक्ष्य लिइएकोमा हालसम्म २६५ पुल बनिसकेको र धेरै अन्तिम अवस्थामा रहेको विभागका महाशाखाका प्रमुख नरेशमान शाक्यले बताए ।

कतिपय पुलहरु अन्तिम अवस्थामा रहेकाले तीनमा थप बजेट आएमा चालु आवमै सम्पन्न हुने उनले जानकारी दिए । उनले भने, ‘काम भइसकेको भए पनि भुक्तानी हुन बाँकी रहेकाले प्रगति राम्रो हुने देखिएको छ ।’

पुलका कतिपय भागको काम वर्षाको समयमा गर्न नमिल्ने हुँदा तत्काल रकम प्राप्त हुँदा मात्रै निर्माण सम्पन्न हुनसक्ने अवस्था रहेको महाशाखाले जनाएको छ ।

‘स्लाब कास्टिङ’ वर्षा पहिले गर्नुपर्ने र वर्षामा गर्दा बगाउने सम्भावना रहने उनले बताए । उनले भने, ‘फाउन्डेसनको काम वर्षा पहिले सुरु गर्न सकिँदैन ।’

सरकारले चालु आवमा पुल निर्माणका लागि रु १० अर्ब ६३ करोड र पुलसम्बन्धी अध्ययनका लागि रु ६० करोड विनियोजन गरेको थियो । सङ्घीयता कार्यान्वयनमा आइसकेपछि स्थानीय पुल निर्माणको जिम्मेवारी स्थानीय तहको हुने भए पनि अहिलेसम्म सङ्घीय सरकारले पुल निर्माण गर्दै आएको छ ।

बजेटपछि सेयर बजारमा पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी Read Previous

बजेटपछि सेयर बजारमा पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

नेप्सेमा मिथिला लघुवित्तको बोनस सेयर सूचीकृत Read Next

नेप्सेमा मिथिला लघुवित्तको बोनस सेयर सूचीकृत