काठमाडौं । वार्षिक ५० लाखभन्दा बढी कमाउने व्यक्ति र प्रोप्राइटरसीप फर्मले अब ३९ प्रतिशत कर तिर्नुपर्ने भएको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटमार्फत आयकरको सीमा बढाउँदा यस्तो व्यवस्था गरेको हो ।
यसअघि वार्षिक २० लाखभन्दा माथि जति कमाए पनि ३६ प्रतिशत कर तिर्नुपर्दथ्यो । सरकारले २० लाखभन्दा तलको आयकर सीमा भने यथावत राखेको छ ।
एकलको हकमा वार्षिक ५ लाख र दम्पतिको हकमा ६ लाख कमाउनेले १ प्रतिशत व्यक्तिगत आयकर तिर्नुपर्दछ ।
त्यस्तै, एकल व्यक्तिले ५ देखि ७ लाख कमाउनेले थप १० प्रतिशत, ७ देखि १० लाख कमाउनेले थप २० प्रतिशत र १० देखि २० लाख कमाउनेले थप ३० प्रतिशत कर तिर्नुपर्नेछ ।