यी ३ वस्तु र सेवामा विलासी कर लाग्ने, कति लाग्छ ?

काठमाडौं । सरकारले नेपालमा उपभोग हुने ३ प्रकारका वस्तुमा विलासी कर लगाउने भएको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन गर्न जारी गरेको आर्थिक विधेयकमा आयातित मदिरा, पाँचतारे वा सोभन्दा माथिको होटलको रिसोर्टको सेवा र १० लाख माथिको गरगहना खरिदमा विलासी कर लाग्ने व्यवस्था गरेको हो ।

आर्थिक ऐनको दफा २१ मा विलासीकर सम्बन्धी व्यवस्था गरिएको छ । जसमा पाँच तारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टको सेवा, आयातित मदिरा र १० लाख रूपैयाँभन्दा बढी मूल्यका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गरगहना खरिद गर्दा खरिद रकममा २ प्रतिशत विलासी कर लाग्ने व्यवस्था गरिएको छ ।

वार्षिक ५० लाखभन्दा बढी कमाउने व्यक्तिले अब ३९% कर तिर्नुपर्ने Read Previous

वार्षिक ५० लाखभन्दा बढी कमाउने व्यक्तिले अब ३९% कर तिर्नुपर्ने

चाउचाउ, खुदोदेखि मदिरासम्मको अन्तःशुल्क बढ्यो, कुनमा कति ? Read Next

चाउचाउ, खुदोदेखि मदिरासम्मको अन्तःशुल्क बढ्यो, कुनमा कति ?