बजेटको आकार ४२ अर्ब घट्यो, साढे १२ खर्ब राजस्व उठाइने (पूर्णपाठसहित)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ कालागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आवका लागि ल्याइएको बजेटको तुलनामा ४२ अर्ब कम हो । चालु वर्ष १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याइएको थियो ।

सोमबार अर्थमन्त्री डा. प्रकाश शरण महतले संघीय संसदको संयुक्त बैठकमा आगामी वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै चालु खर्चतर्फ ११ खर्ब ४१ अर्ब विनियोजन गरेका छन् । यो कुलब जेटको ६५.२० प्रतिशत हो ।

त्यसैगरी, पूँजीगत खर्चतर्फ ३ अर्ब २ अर्ब ७ करोड अर्थात् १७.२७ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात् १७.५५ प्रतिशत बजेट विनियोजन गरेका छन् ।

विनियोजित बजेटको स्रोत व्यवस्थापन गर्न आगामी आर्थिक वर्षमा राजस्व १२ खर्ब ४८ अर्ब ६२ करोड राजस्व संकलन गरिने उनले बताए ।

यसैगरी, वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड र स्रोतका लागि नपुग ४ खर्ब ५२ अर्ब ७५ करोड रुपैयाँमध्ये २ खर्ब १२ अर्ब ६५ करोड विदेशी ऋण र २ खर्ब ४० अर्ब आन्तरिक ऋणबाट व्यहोरिने उनले बताए ।

 

 

भौतिक पूर्वाधार मन्त्रालयको बजेट ३६ अर्ब घट्यो, कुन सडकले कति पाए ? Read Previous

भौतिक पूर्वाधार मन्त्रालयको बजेट ३६ अर्ब घट्यो, कुन सडकले कति पाए ?

सरकारी स्वामित्वका बैंकलाई पुनःसंरचना गरिने Read Next

सरकारी स्वामित्वका बैंकलाई पुनःसंरचना गरिने