काठमाडौं । सरकारले सहरी विकास मन्त्रालयको बजेट बढाएर झण्डै दोब्बर पुर्याएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आव २०८०/८१ बजेट सार्वजनिक गर्दै सहरी विकास मन्त्रालयका लागि रु ६६ अर्ब १७ करोड बजेट विनियोजन गरेको बताए।
चालु आवमा यस मन्त्रालयका लागि ३७ अर्ब ७३ करोड मात्रै बजेट विनियोजन गरिएको थियो । यस मन्त्रालयलाई आगामी आवको लागि करिब रु ३० अर्ब बढी बजेट विनियोजन गरिएको हो ।