पोखरा र भैरहवामा उडान गर्ने एयरलाइन्सले ग्राउन्ड ह्यान्डलिङमा सहुलियत पाउने

काठमाडौं । सरकारले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई ग्राउन्ड ह्यान्डलिङ शुल्कमा सहुलियत दिने भएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को बजेट पेस गर्दै उक्त घोषणा गरेका हुन् ।

गौतम बुद्ध र पोखरा विमानस्थलबाट नियमित रूपमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन हुने व्यवस्था मिलाई यी विमानस्थलमा उडान भर्ने अन्तरराष्ट्रिय वायुसेवा कम्पनीलाई ग्राउन्ड ह्यान्डलिङ शुल्कमा सहुलियत दिइने बजेटमा उल्लेख गरिएको छ ।

जग्गाको कित्ताकाट खुला Read Previous

जग्गाको कित्ताकाट खुला

सहरी विकास मन्त्रालयको बजेट झण्डै दोब्बर बढ्यो Read Next

सहरी विकास मन्त्रालयको बजेट झण्डै दोब्बर बढ्यो