काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने भएको छ ।
सोमबार अर्थमन्त्री डा. प्रकाश शरण महतले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै निजगढ विमानस्थलका लागि बजेट छुट्याइएको जानकारी दिएका हुन् ।
उनले निजगढ विमानस्थलको पूर्व सम्भाव्यता अध्ययन, मुआब्जा वितरण, जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइने बताए ।