काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई आगामी वर्षका लागि ५८ अर्ब ९१ करोड बजेट विनियोजन गरेको छ ।
सोमबार अर्थमन्त्री डा. प्रकाश शरण महतले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी वर्ष २०८०/८१ को बजेट पेश कृषि मन्त्रालयलाई उक्त रकम छुट्याएको जानकारी दिएका हुन् ।
उनले कृषि उत्पादनको पहुँच विस्तारका लागि कृषि सहकारी व्यवस्था गरिने यस्ता संस्थानलाई ढुवानीमा सहुलियत दिइने समेत व्यवस्था गरिएको छ ।
यस्तै, गाँजा खेतीको लागि अध्ययन गरिने उनले बताए । चोभारमा निर्माणधीन फलफूल तथा तरकारी भण्डारण गृह निर्माण सम्पन्न गर्न मसेत बिजेट विनियोजन गरिएको छ ।