डिजिटल बैंक स्थापना गर्ने सरकारको घोषणा

काठमाडौ। सरकारले आर्थिक विकासका लागि डिजिटल बैंक स्थापना गर्ने घोषणा गरेको छ । सोमबार आगामी आर्थिक वर्षको लागि अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा बजेट प्रस्तुत गदै यस्तो बताएका हुन ।

मुलुकको आर्थिक रुपान्तरणका लागि डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गरिने उनले बताए । यसका लागि सञ्चार पूर्वाधारको विकास, डिजिटल बैंक स्थापना, सूचना प्रविधि उद्योगको प्रवद्र्धन तथा आर्थिक क्रियाकलापमा इन्टरनेट, मोबाइल एप्लीकेसन र अन्य नेटवर्कको प्रयोगलाई बढवा दिइने उनले घोषणा गरे ।

यसबाट कार्यकुशलता सहज हुने र प्रतिफल हासिल गर्न सकिने उनले बताए ।

अब नयाँ कम्पनी दर्ता गर्दा शुल्क नलाग्ने, १०० रुपैयाँमै कम्पनी खोल्न सकिने Read Previous

अब नयाँ कम्पनी दर्ता गर्दा शुल्क नलाग्ने, १०० रुपैयाँमै कम्पनी खोल्न सकिने

रासायनिक मल किन्न दोब्बर बजेट Read Next

रासायनिक मल किन्न दोब्बर बजेट