अब नयाँ कम्पनी दर्ता गर्दा शुल्क नलाग्ने, १०० रुपैयाँमै कम्पनी खोल्न सकिने

अर्थमन्त्री डा प्रकाशशरण महत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सोमबार आव २०८०/०८१ को बजेट पेश गर्दै ।

काठमाडौं । सरकारले आगामी वर्षदेखि नयाँ कम्पनी दर्ता र पुरानो नवीकरण गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था गरेको छ ।

सोमबार अर्थमन्त्री प्रकाश शरण महतले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी वर्षको बजेट पेश गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।

कम्पनी दर्ता प्रक्रियालाई छरितो, प्रभावकारी बनाउन अनलाइबाटै दर्ता गर्ने व्यवस्था गरिने उनले बताए ।

यस्तै, उनले १०० रुपैयाँमा मात्रै अधिकृत पूँजी राखेर पनि कम्पनी खोल्न पाइने जानकारी दिए ।

 

सबै प्रकारका अतिरिक्त भत्ता खारेज Read Previous

सबै प्रकारका अतिरिक्त भत्ता खारेज

डिजिटल बैंक स्थापना गर्ने सरकारको घोषणा Read Next

डिजिटल बैंक स्थापना गर्ने सरकारको घोषणा