काठमाडौं । सरकारले बजेट प्रणालीमा पुनः संरचना गर्ने घोषणा गरेको छ । सोमबार आर्थिक वर्ष २०८०/८१ को लागि बजेट संसदमा प्रस्तुत गदै अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका हुन ।
‘बजेट प्रणालीमा सुधार र पूँजीगत खर्चको प्रभावकारीता गरिने उनले बताए । आगामी आर्थिक वर्षदेखि मन्त्रालयगत बजेट सीमा निर्धारण भएपछि फागुन मसान्तभित्र विनियोजन विधेयकका सिद्धान्त संसदमा पेस गर्ने व्यवस्था मिलाइने छ’, उनले भने ‘यसबाट ‘विसिनयोजन बजेटमा सीमा र सिद्धान्तमा पयाृप्त छलफल गररेर सांसदबाट प्राप्त सुझावलाई यार्थाथपरक बजेट तर्जुमा गर्न सहयोग पुग्ने विश्वास लिएको छ ।’
ठूलो र बहुसंख्यक जनताले लाभ पाउने आयोजना तथा कार्यक्रमलाई प्राथमिकता दिएर बजेट बनाइएको उनले बताए । गुणस्तरीय सामाजिक विकास र लगानीमैत्री वातावारण तयार गर्ने उनले बताए ।