भारतलाई बिजुली बेच्न सुरू

काठमाडौं । नेपालबाट भारत बिजुली निर्यात फेरि सुरू भएको छ । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष शनिबारदेखि इण्डियन इनर्जी एक्सचेन्ज मार्केटमा बिजुली बेच्न थालेको हो ।

हिउँद लागेसँगै प्राधिकरणले गत पुस ३ गतेदेखि भारत विद्युत् निर्यात बन्द गरेको थियो । अहिले मनसुन सुरू भएसँगै नदीमा पानीको बहाव बढ्दा विद्युत् उत्पादन बढ्न थालेपछि प्राधिकरणले निर्यात सुरू गरेको हो ।

प्राधिकरणका अनुसार शनिबार १०० मेगावाट विद्युत् भारत निर्यात भएको छ । सो बिजुली प्रतियुनिट ७ रुपैयाँ हाराहारी दरले निर्यात भएको प्राधिकरले जनाएको छ ।

हाल नेपालको कुल विद्युत् जडित क्षमता २ हजार ७०० मेगावाट पुगेको छ भने चालु वर्षभित्रै थप ३०० मेगावाट थपिने छ । अहिले कुल पिकअप डिमान्ड १८०० मेगावट रहेको छ ।

हाल नेपालले कुल ४५२ मेगावाट भारत निर्यातका लागि अनुमति पाएको छ । भारतले थप बिजुली निर्यातको अनुमति नदिए वर्षायाममा करिब ८०० मेगावाट बिजुली खेर जाने देखिन्छ ।

गत वर्ष १० अर्ब बढीको बिजुली बेचेको प्राधिकरणले चालु आवमा २० अर्ब बढीको बिजुली बेच्ने लक्ष्य राखेको छ । यही जेठ १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमण जाँदा थप बिजुली निर्यातको सम्झौता हुने प्राधिकरणको अपेक्षा छ ।

एलिट क्यापिटलले हरेक शुक्रबार सेयर बजारबारे निःशुल्क तालिम दिने Read Previous

एलिट क्यापिटलले हरेक शुक्रबार सेयर बजारबारे निःशुल्क तालिम दिने

चीनले बनाएको जहाजले सुरू गर्‍यो व्यावसायिक उडान, १२०० जहाज किन्न अर्डर Read Next

चीनले बनाएको जहाजले सुरू गर्‍यो व्यावसायिक उडान, १२०० जहाज किन्न अर्डर