एलिट क्यापिटलले हरेक शुक्रबार सेयर बजारबारे निःशुल्क तालिम दिने

काठमाडौं । एलिट क्यापिटल लिमिटेडले निःशुल्क सेयर परामर्श एवं वित्तिय योजना तालिम सुरू गरेको छ । शुक्रबारदेखि लाजिम्पाट उत्तरढोकास्थित आफ्नै कार्यालयमा लगानीकर्ताहरूका लागि निःशुल्क तालिम तथा परामर्श सुरू गरेको हो ।

यस्तो तालिम हरेक शुक्रबार एलिटल क्यापिटलको कार्यालयमा हुने जनाइएको छ । सेयर बजारमा लामो समय अनुभव हासिल गरेका प्राविधिक व्यक्ति तथा विज्ञहले तालिम दिने जनाइएको छ ।

क्यापिटलले तालिममा सेयर बजारको आधारभूत चरित्र, वित्तीय लगानी योजना, नेपालमा सेयर बजार प्रणाली, सेयर बजारमा अवसर र जोखिमहरू लगायतका विषयमा परामर्श दिइने छ ।

यस्तै, सेयर बजारमा लगानीको योजना र सही कम्पनीहरूको छनोट तथा सेयरमा लगानी र कारोवारी तरिकाबारे पनि जानकारी दिइने क्यापिटलले जनाएको छ। तालिममा बजार प्रवेश गर्न चाहने नयाँ लगानीकर्ताहरूदेखि कारोवार गरिरहेका लगानीकर्ताहरू पनि सहभागी हुन सक्नेछन ।

यस तालिममा सहभागीहरूलाई तालिमपछि पनि एलिट क्यापिटलले आफ्ना अनुसन्धान प्रक्रियामा सहभागि गराउने तथा लगानी टिप्स र परामर्श निरन्तर प्रदान गरिरहने क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले जानकारी दिए ।

हरेक शुक्रबार आयोजना हुने यस्तो तालिममा न्यूनतम १५ जनाको सहभागिता रहने र उनीहरूले पहिले नै एलिट क्यापिटलको फेसबुक पेज, वेबसाईटमा गएर गुगल फर्म भर्ने वा टेलिफोन गरेर नाम दर्ता गराउन सक्नेछन । तालिममा सहभागिताका लागि कुनै शुल्क नलाग्ने तर सिमित सिट भएका कारण पालो आउन भने समय लाग्न सक्नेछ ।

तातोपानी भन्सारबाट राजस्व सङ्कलन न्यून Read Previous

तातोपानी भन्सारबाट राजस्व सङ्कलन न्यून

भारतलाई बिजुली बेच्न सुरू Read Next

भारतलाई बिजुली बेच्न सुरू