काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत दुई निर्जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको छ ।
एक आपसमा मर्ज भई जेठ १४ गतेदेखि एकीकृत कारोबार सुरु गर्न लागेका अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सको सेयर कारोबार रोक्का भएको हो ।
दुई कम्पनी मर्ज भई आइतबारदेखि ‘युनाइटेड अजोड इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । अब दुवै कम्पनीको सेयर कारोबार युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट सुरु हुनेछ ।
दुई कम्पनी १:०.८२५ सेयर अनुपातमा मर्ज भएका हुन् । अहिले युनाइटेडको चुक्ता पूँँजी १ अर्ब ७ करोड रुपैयाँ र अजोडको १ अर्ब रुपैयाँ छ। मर्जपछि नयाँ कम्पनीको पूँजी १ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ।