काठमाडौं । एक आपसमा मर्ज हुन लागेका नेशनल माइक्रोफाइन्स लघुवित्त वित्तीय संस्था र समिट लघुवित्त वित्तीय संस्थाको सेयर अनुपात (स्वाप रेसियो) निर्धारण भएको छ ।
जेठ १० गते बसेको संयुक्त मर्जर समितिको बैठकले डीडीए प्रतिवेदनले सिफारिस गरे अनुसार दुई लघुवित्तको स्वाप रेसियो टुंग्याएको हो ।
नेशनल र समिट लघुवित्तको स्वाप रेसियो १ः०.७३ तय भएको छ । यस अनुसार मर्जपछि समिट लघुवित्तको १०० कित्ता सेयर बराबर नेशनलको ७३ कित्ता हुनेछ ।
मर्जरपछि बन्ने संस्थाको नाम नेशनल समिट लघुवित्त वित्तीय संस्था रहने छ । हाल नेशनलको चुक्ता पूँजी ६७ करोड ४६ लाख र समिटको चुक्ता पूँजी ४९ करोड ४० लाख रुपैयाँ छ ।