काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले उच्च स्तरको रेटिङ पाएको छ । कम्पनीलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आइआर डबल ए माइनस’ रेटिङ दिएको हो ।
यसले कम्पनीको समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता उच्च रहेको जनाउँदछ । साथै, यो रेटिङ पाउने संस्थाको वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सबल रहेको मानिन्छ भने वित्तीय कारोबारमा ज्यादै न्यून ऋण भुक्तानी जोखिम हुन्छ ।
इक्रा नेपालले पुनर्बीमा कम्पनीको वित्तीय अवस्था, सम्पत्ति, व्यवसायिक तथा वित्तीय जोखिम, व्यवस्थापकीय क्षमता, लगायतको विश्लेषण गरी डबल ए माइनस रेटिङ दिएको हो ।
कम्पनीले यसअघि ‘इक्रा एनपी आइआर डबल ए माइनस’ रेटिङ पाएको थियो । अहिले पनि इक्राले सोही रेटिङलाई निरन्तरता दिएको हो ।
इक्रा नेपालले कम्पनीहरुको समग्र अवस्थाको विश्लेषण गरी ‘डबल ए प्लस’ देखि सी माइनससम्मको रेटिङ दिने गरेको छ । जसमा ‘डबल ए प्लस’ले सबैभन्दा उत्कृष्ट र ‘सी माइनस’ले सबैभन्दा कमजोर रहेको जनाउँदछ ।