काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा बुधबार छिमेक लघुवित्त वित्तीय संस्था र युनाइटेड मोदी हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको हो ।
दुवै कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत गरेका हुन् ।
नेप्सेमा छिमेक लघुवित्तको २२ प्रतिशत अर्थात् ५१ लाख १३ हजार २० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
त्यसैगरी, युनाइटेड मोदी हाइड्रोपावरको ७ प्रतिशत अर्थात् ८ लाख ५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत दुवै कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।