नेशनल लाइफको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

कम्पनीले गत आव २०७८/७९ को नाफाबाट वितरण गर्ने ८ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो । नेप्सेका अनुसार समायोजनपछि नेशनलको नयाँ सेयर मूल्य ६०१.६७ रुपैयाँ कायम भएको छ ।

अब यही समायोजित मूल्यका आधारमा बिहीबार कम्पनीको दोस्रो बजारमा सेयर कारोबार खुल्ने छ।

नेप्सेमा थप २ कम्पनीको बोनस सेयर सूचीकृत Read Previous

नेप्सेमा थप २ कम्पनीको बोनस सेयर सूचीकृत

शिवशिखर सहकारीको अर्बौं ठगी प्रकरण, ४ जिल्लामा कागजात संकलन गर्दै प्रहरी Read Next

शिवशिखर सहकारीको अर्बौं ठगी प्रकरण, ४ जिल्लामा कागजात संकलन गर्दै प्रहरी