७० सहकारीले तिरेनन् सरकारसँग लिएको ऋण, ३५ दिनभित्र तिर्न अल्टिमेटम (नामसहित)

काठमाडौं । आम सर्वसाधरणलाई ऋण दिने सहकारी संस्थाहरुले नै आफूले सरकारसँग लिएको ऋण तिर्न छाडेका छन् ।

आफ्नो कर्जा लगानी उठाउन भाखा नाघ्ने बित्तिकै ऋणीको धितो लिलामी गर्न र कालोसूचीमा राख्न तम्सिने सहकारीहरुले भने लामो समयदेखि आफैं ऋण नतिरेका हुन् ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले थोक कर्जा सम्झौता गरी ऋण लिएका ७० सहकारीले ऋण नतिरेका हुन् । कोषले बुधबार एक सूचना जारी गर्दै ती सहकारीहरुलाई ३५ दिनभित्र साँवा, ब्याज र हर्जानासहित ऋण चुक्ता गर्न अल्टिमेटम दिएको छ ।

सो समयभित्र ऋण चुक्ता नगरे संस्थाका सञ्चालक समिति, लेखा समिति एवम् कर्जा उप-समितिको तीनपुस्ते विवरणसहित रकम असुलीको लागि कालोसूचीमा राख्ने चेतावनी दिएको छ ।

ऋण नतिर्नेमा सबैभन्दा धेरै कर्णाली प्रदेशका २८ वटा सहकारी रहेका छन् । त्यस्तै कोशी प्रदेशका १४, मधेस प्रदेशका ११, बाग्मतीका १०, लुम्बिनीका ४ र सुदूरपश्चिम प्रदेशका ३ वटा सहकारी छन् ।

वातावरणीय स्वःअनुगमन प्रतिवेदन बुझाउँदै उद्योगहरू, यी हाइड्रोले बुझाए Read Previous

वातावरणीय स्वःअनुगमन प्रतिवेदन बुझाउँदै उद्योगहरू, यी हाइड्रोले बुझाए

वैशाखमा मात्रै ३ हजार २०० विदेशीले गरे मनाङ भ्रमण Read Next

वैशाखमा मात्रै ३ हजार २०० विदेशीले गरे मनाङ भ्रमण