काठमाडौं । सिद्धार्थ बैंकको नाफामा झिनो गिरावटा आएको छ । आइतबार सार्वजनिक गरेको बैंकको वित्तीय विवरण अनुसार चालू आर्थिक वर्ष २०७६/०७७ को पहिलो त्रैमाससम्ममा ५२ करोड १४ लाख ३९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ ।
बैंकको यो मुनाफा गत आवको यसै अवधिको तुलतनामा ०.६९ प्रतिशत अर्थात् ३६ लाख रुपैयाँले कमी हो। समीक्षा अवधिमा बैंकको मुनाफामा गिरावट आएपनि खुद ब्याज आम्दानी र सञ्चालन नाफा भने गत वर्षको तुलनामा क्रमशः१५.२८ प्रतिशत र ०.०७प्रतिशतले बढोत्तरी भएको छ ।
बैंकको शेयरधनी कोष भने २३.३५ प्रतिशतले बढेको छ। बैंकको जगेडा कोषमा ४ अर्ब १६ करोड ८० लाख रुपैयाँ रहेको छ ।५२ करोड नाफा कमाएको बैंकको असोज मसान्तसम्ममा वितरणयोग्य मुनाफा १८ करोड ९८ लाख ३१ हजार रुपैयाँ रहेको छ।
८ अर्ब ८८ करोड ७६ लाख ५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको प्रतिसेयर आम्दानी १.३२ रुपैयाँले घटेर २३.४७ रुपैयाँमा आएकाे छ । प्रतिसेयर नेटवर्थ १७३.२७ रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्ममा बैंकले १ खर्ब १८ अर्ब ४० करोड ८२ लाख निक्षेप संकलनगरी १ खर्ब ८ अर्ब ६८ करोड ३२ लाख कर्जा लगानी गरेको गरेको छ।
यस अवधिमा बैंकले १ अर्ब ४३ करोड १८ लाख खुद ब्याज आम्दानी गरेको छ। बैंकको सञ्चालन मुनाफा ५ लाख घटेर ७४ करोड ४७ लाख रुपैयाँमा कायम छ ।
समीक्षा अवधिमा सिसिडी अनुपात घटेको बैंकको पूँजीकोष अनुपातमा भने सुधार आएको छ। यस्तै बैंकको निष्कृय कर्जा अनुपात १.४० बाट घटेर १.२८ प्रतिशत आएको छ । बैंकको कर्जा निक्षेप अनुपात ७७.३६ प्रतिशत, पूँजी कोष अनुपात १४.२६ प्रतिशत र मूल्य आम्दानी अनुपात १२.५३ गुणा रहेको छ।