उद्योग बाणिज्य महासंघको विशेष साधारण सभा स्थगित

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको विशेषसाधारण सभा स्थगित भएको छ । वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने प्रावधान संशोधन गर्ने उद्देस्यले कात्तिक २९ गते बोलाइएको साधारण सभा स्थगित हुने भएको हो ।

 

शुक्रबार बसेको विधान संशोधन समितिको बैठकले प्रकृया पूरा नगरि विधान संशोधन अघि बढाइएको भन्दै आएको फरकमतलाई आधार मानेर विशेष साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो ।

 

महासंघको विधान संसोधन समितिका संयोजक चण्डीराज ढकालको अध्यक्षतामा बसेको बैठकले विशेष साधारणसभा स्थगितको निर्णय गरेको हो । त्यसलाई आइतबार चार बजे बस्ने स्थायी समितिले अनुमोदन गरेपछि औपचारिक निर्णय हुनेछ ।

 

‘चण्डीराज ढकालले जसरी विधानसंसोधनको मुद्दा अगाडि ल्याए त्यसैगरी पछाडि पनि हटे’ एक महासंघ कार्यकारीणी सदस्यले भने ।

 

विधान संशोधन स्थगित भएपछि वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई स्वत अध्यक्ष बन्ने बाटो खुल्ला भएको छ । विधान संशोधनको रस्साकस्सीले महासंघको राजनीतिक केही महिनादेखि तातेको थियो ।

हिमालयको बेइजिङ उडानमा ७० प्रतिशत अकुपेन्सी Read Previous

हिमालयको बेइजिङ उडानमा ७० प्रतिशत अकुपेन्सी

८ दिनमै आयो साढे ६ अर्बको वैदेशिक लगानी प्रस्ताव Read Next

८ दिनमै आयो साढे ६ अर्बको वैदेशिक लगानी प्रस्ताव